Hamro patro Local 03

बातावरण-कृषि

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

  • पूर्वका केही ठाउँमा आज हल्का पानी पर्ने

    काठमाडौं, कात्तिक २९ – पूर्वको एक दुई ठाउँमा बुधबार हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वको एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो

  • मंसिर १४ गतेदेखि बाघ गणना गरिने मंसिर १४ गतेदेखि बाघ गणना गरिने

    चितवन, कात्तिक २८ – आउँदो मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो ।

  • काठमाडौंको तापक्रम घट्यो

    काठमाडौं, कात्तिक २६ – केहिदिनयता बढेको काठमाडौंको न्यूनतम तापक्रम आइतबार बिहान भने घटेको छ । आइतबार बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, कात्तिक २५ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

  • निकुञ्ज भएर जाँदा लाग्ने शुल्क हटाउने निर्णय कार्यान्वयन

    चितवन, कात्तिक २५ – चितवन राष्ट्रिय निकुञ्जभित्र आवतजावत गर्दा गाडीबाट असुल गर्दै आएको राजश्व हटाउने मन्त्रिपरिषद्को निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको छ ।

  • भारतबाट उद्धार गरिएको एक गैँडा निकुञ्जमा छाडियो

    चितवन, कात्तिक २४ – भारतको वाल्मीकि टाइगर रिजर्भबाट उद्धार गरी ल्याइएको एउटा गैँडालाई शुक्रबार बिहान सौराहाको जनकौलीबाट चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।

  • वाम तथा लोकतन्त्रिक गठबन्धनको घोषणापत्रमा कृषि क्षेत्र

    काठमाडौं, कात्तिक २३ – आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि दलहरुले कृषि क्षेत्रमा महत्वकाङ्क्षी प्रतिबद्धता जनाएका छन् । मुख्य दलहरुले कृषि क्षेत्रलाई व्यापक परिवर्तन गर्ने प्रतिबद्वता घोषणापत्रमा गरेका छन् ।

  • १८ वर्षपछि कटारीको कृषि उपज केन्द्र सञ्चालनमा ल्याइँदै

    उदयपुर, कात्तिक २३ – कटारी नगरपालिकाको कटारी बजारमा १८ वर्षअघि निर्माण भएको कृषि बजार तथा कृषि उपज केन्द्र अहिले बल्ल प्रयोगमा ल्याउन लागिएको छ ।

  • आलुबालीको राष्ट्रिय कार्यशाला गोष्ठी सुरु आलुबालीको राष्ट्रिय कार्यशाला गोष्ठी सुरु

    काठमाडौं, कात्तिक २३ – आलुबालीको वर्तमान अवस्था, उत्पादन र नयाँ जातको विकासका बारेमा आलु वैज्ञानिकहरुको दुई दिने राष्ट्रिय गोष्ठी सुरु भएको छ ।

  • ६० वर्षका मुरारीकृष्णको मासिक आम्दानी ६० हजार ! ६० वर्षका मुरारीकृष्णको मासिक आम्दानी ६० हजार !

    श्यामशितल परियार/उज्यालो । लमजुङ, कात्तिक २३ – झुस्स फुलेको दारी । पातलो ज्यान । ढल्किदो उमेर । तर पनि गाउँघरकै माटोमा पसिना बगाउनमा व्यस्त हुनुहुन्छ, लमजुङ सुन्दरबजार नगरपालिका–६ का मुरारीकृष्ण रेग्मी ।

  • पेरिस जलवायु सम्झौता : सिरिया भित्रिँदै, अमेरिका एक्लिँदै पेरिस जलवायु सम्झौता : सिरिया भित्रिँदै, अमेरिका एक्लिँदै

    कात्तिक २२ – सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने भएको छ । यसअघि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिर रहँदै आएको सिरियाले सामेल हुने निर्णय गरेसँगै अब यो सम्झौताबाट बाहिर अमेरिकामा मात्रै रहेको छ ।

  • भैँसी प्रजनन गराउने प्रविधि सफल

    चितवन, कात्तिक २१ – चैतदेखि असारसम्मको समयमा भैँसीबाली नजाँदा हिउँदको समयमा दूध अभाव हुने समस्या निराकरणका लागि नेपाली विज्ञहरुले थालेको अनुसन्धान सार्थक बन्दै गएको छ ।

  • नेता गाउँ पसे, किसान खेतमा नेता गाउँ पसे, किसान खेतमा

    तेह्रथुमका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र वाम–गठबन्धनका उम्मेदवार र जिल्लाका नेताहरु पनि प्रचार प्रसारका लागि गाउँ पसेका छन् । तर गाउँका किसानलाई भने अहिले धान बाली भित्र्याउने चटारो छ ।

  • पाँच वर्षभित्र देशलाई खाद्यान्न निर्यात योग्य बनाउने वाम गठबन्धनको प्रतिबद्धता पाँच वर्षभित्र देशलाई खाद्यान्न निर्यात योग्य बनाउने वाम गठबन्धनको प्रतिबद्धता

    काठमाडौं, कात्तिक १९ – दुई वर्षभित्र देशलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र संयुक्तपमा नागरिकमा गएको छ ।

  • ​नेपालमै पहिलो पटक भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै ​नेपालमै पहिलो पटक भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    राधेश्याम खतिवडा/उज्यालो । चितवन, कात्तिक १९ – चितवनमा भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको यो सम्मेलनमा ११ देशका भैसी विज्ञहरुले सहभागिता जनाउने भएकाछन् ।