Hamro patro Local 03

खेल

मलेसियाको एक विद्यालयमा आगलागी, २४ जनाको मृत्यु

Posted: Thursday, Sep 14, 2017 11:15 AM ( 1 week ago )

Total Hits: 2.7 K

Share This

भदौ २९ – मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । बिहीबार बिहानै विद्यालयमा आगलागी भएको हो । आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको ज्यान गएको अनुमान गरिएको छ । छात्रबासको झ्यालमा फलामको ग्रिल रहेकाले उनीहरु भाग्न नसकेको अनुमान छ । मलेसियाको उद्धार कमिटिका निर्देशक खिरुद्दिन दुहराम्यानले पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो विपद रहेको बताउनुभएको छ । घटनामा ज्यान गुमाउनेमा २२ जना विद्यार्थी रहेका छन् । ज्यान गुमाउने सबै १३ देखि १७ वर्षसम्मका छात्र रहेका छन् । यस्तै दुईजना शिक्षकको पनि ज्यान गएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments