Hamro patro Local 03

राजनीति

ओली बाहेक सबै शीर्ष नेता तराईमा

Posted: Thursday, Sep 14, 2017 09:33 AM ( 1 week ago )

Total Hits: 3.4 K

Share This

काठमाडौं, भदौ २९ – प्रदेश नम्बर २ का सकेसम्म धेरै स्थानीय तहमा चुनाव जित्ने लक्ष्यका साथ चुनावमा होमिएका ठूला दलले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । 

का‍ंग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, संघीय समाजवादी पार्टी, लगायत दलका शीर्ष नेता २ नम्बर प्रदेशका ८ जिल्लाका विभिन्न ठाउँमा हुने चुनावी सभामा सहभागी भइरहेका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरुलाई २ नम्बर प्रदेशमा खटाएको छ । ठूला सभा नभएको भन्दै अध्यक्ष ओली भने तराई जानुभएको छैन ।

शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले सबै दलका नेता बिहीबार र शुक्रबार दिउँसोसम्म ठाउँठाउँका सभामा सहभागी हुने भएका उज्यालो सहकर्मीहरुले जनाएका छन् । मौन अवधि शुरु भएपछि चुनावी प्रचार प्रसार लगायत गतिविधि गर्न पाईंदैन । 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments