Hamro patro Local 03

समाज

कतै तपाईँले किन्ने खाद्यपर्दाथ म्याद गुज्रिएको त छैन ? चाडबाडको मौका छोपी म्याद गुज्रेका सामान बजारमा !

Posted: Wednesday, Sep 13, 2017 19:15 PM ( 2 months ago )

Total Hits: 1.5 K

Share This

विराटनगर, भदौ २८ – चाडवाडको मौकामा म्याद सकिएका पेय पद्धार्थ बजारमा छ्याप–छ्याप्ती भेटिन थालेको छ । 

विराटनगरका अधिकांश ठाउँहरुमा गरिएको अनुगमनको क्रममा धेरै पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थहरु फेला परेको हो । केही दिन अघि देखि वाणिज्य कार्यालयले गरेको बजार अनुगमनका क्रममा बजारमा म्याद गुज्रिएका  कोकाकोला, फेन्टा, सेभेन अप, रियल ब्रस्ट तथा रियल  जुसहरु म्याद सकिएको  अवस्थामा भेटिएका हुन् । 

दसैँको मौका छोपेर पठाइएका यस्ता पेय पदार्थले  उपभोक्ताको स्वास्थ्यमा असर पार्ने भन्दै वाणिज्य कार्यालयले त्यस्ता पेय पदार्थ नष्ट गरेको छ । एक हप्ताअघि मात्र विराटनगरका विभिन्न ठाउँमा अनुगमनका क्रममा म्याद सकिएका पेय पदार्थ भेटिएको थियो ।

अनुगमन टोलीले कंचनबारीमा रहेका डिपिएल किराना पसलबाट पाँच सय मिलिलिटरको १३ थान लेमन फेन्टा नष्ट गरेको छ ।  सजिलो बजारबाट ५ सय मिलिलिटरको  ४ थान सेभेन अप, फेमिली केक पार्लरबाट कोकाकोला ६ थान, रियल ब्रष्ट ८ थान, फेमिली स्वीट हाउस, युनिक स्वीट एण्ड स्न्याक्सबाट फोन्टा, कोकाकोला र डिउ  बरामद गरी नष्ट गरिएको वाणिज्य कार्यालयले जनाएको छ । 

बजारमा चाडबाडमा कालोबजारी भएको हुन सक्ने आधारमा थालिएको अनुगमनबाट  म्याद सकिएका पेय पदार्थ प्रशस्त भेटिएपछि उपभोक्तालाई सचेत हुन वाणिज्य कार्यालयका निमित प्रमुख कुमार दाहालले आग्रह गर्नुभयो । 

केही दिनअघि मात्र विराटनगरको सिटी सिनेमामा  खाने चिजहरुमा बाहिरको मूल्यभन्दा दोब्बर रकम लिएको फेला पारेपछि अनुगमन टोलीले रकम घटाउन र एक हप्ता भित्र वाणिज्य कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो । 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments