Hamro patro Local 03

समाज

श्रदाञ्जलीका लागि गीतकारको शवले प्रज्ञा भवनको डबली पाएन

Posted: Wednesday, Sep 13, 2017 18:35 PM ( 2 months ago )

Total Hits: 88

Share This

काठमाडौं, भदौ २८ – गीतकार देव वज्राचार्यको श्रदाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले ठाउँ दिन अस्वीकार गरेको छ ।

काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएका वज्राचार्यको शवलाई बिहीबार बिहान १० बजे प्रज्ञा भवन कमलादीमा राख्ने तयारी थियो । तर प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले प्रज्ञा भवन अरु नै कार्यक्रमका लागि बुक भएका कारण बिहीबार श्रदाञ्जलीका लागि शव राख्न नमिल्ने भन्दै ठाउँ दिन अस्वीकार गरेको प्रकाश सायमीले जानकारी दिनुभयो । 

‘हामीले शवलाई डबलीमा राखेर १० बजे भित्र श्रदाञ्जली सकिसक्छौं भन्दा पनि कुलपति उप्रेतीले मिल्दैन भन्नुभयो’ सायमीले उज्यालो अनलाइनसित भन्नुभयो ‘त्यसैले वज्राचार्यको शवलाई श्रदाञ्जलीका लागि बिहीबार बिहान १० बजे टेकु दोभानमा राख्ने छौं ।’

टेकु दोभानमा नै श्रदाञ्जली अर्पण गरेपछि त्यहिँ उहाँको बिहीबार बिहान १० बजेपछि अन्त्येष्टि गरिने सायमीले स्पष्ट पार्नुभयो । काठमाडौं ओमबहालमा जन्मिएका ६४ वर्षका वज्राचार्यको उपचारका क्रममा बुधबार निधन भएको थियो । वज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

वज्राचार्यको रचनामा अरुणा लामा, मिरा राणा, मधु क्षेत्री लगायत कलाकारले स्वर तथा संगीत दिनु भएको छ । केही रचनामा भने उहाँ आफैंले स्वर दिनु भएको छ । प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ, मेरो आँखाबाट झरेको आँशु, एउटा गीत रचेको छु तिमीले नै गाइदिनु, केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो, किन मलाई यति चाँडै छोडी तिमी गयौ लगायत गीत लोकप्रिय छन् ।

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments