Hamro patro Local 03

अर्थ

बनेपा महोत्सव सुरु, प्रताप दासले नचाए बनेपाबासीलाई

Posted: Wednesday, Sep 13, 2017 17:53 PM ( 2 months ago )

Total Hits: 7.0 K

Share This

काभ्रे, भदै २८ –विजया दशमीको अवसर पारेर बुधवारदेखि काभ्रेको उग्रतिर्थेश्वर प्राङ्गणमा ‘बनेपा महोत्सव’ सुरु भएको छ । 

बनेपा व्वाइज क्लवको आयोजनामा कला, संस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले ‘उग्रेश्वर व्यापारिक, सांस्कृतिक मनोरञ्जनात्मक खेल मेलाको नाम दिइएको  बनेपा महोत्सवमा दसैँको समयमा एकै स्थानमा सस्तो र सहज रुपमा किनमेल गर्न सहज होस् भन्ने उदेश्यले मेला आयोजना गरिएको महोत्सवका संयोजक हरि कर्मचार्यले जानकारी दिनुभयो । 

कृषि हस्तकला र काभ्रे जिल्लामा उत्पादित घरेलु सामानको आयोजकले नै छुट्टै स्टल राखेर प्रदर्शनीमा राखेको छ । मेलामा दसैँमा चाहिने लत्ताकपडादेखि लिएर खाद्य सामग्रीहरु बिक्री वितरण हुनेछ । महोत्सवको मुख्य आकर्षण साँढे जुधाई हरेक २ दिनमा प्रदर्शन हुनेछ भने सबै स्टलहरु मध्ये उत्कृष्ट स्टललाई लकी ड्रबाट ४० किलोको खसी उपहार दिइने बनेपा व्वाइज क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिनुभयो । मेलामा कृषि घरेलु सामग्रीका स्टलसहित १ सय ३५ भन्दा बढी व्यापारिक स्टलहरु हुनेछन् । 

कार्यक्रमको उद्घाटनअघि काभ्रे जिल्लामा रहेका संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी, र्‍याली र परम्परागत बाजागाजासहित विभिन्न क्लब, स्कूलहरु, संघसंस्था सम्मिलित ¥याली बनेपाको बसपार्कबाट सुरु गरी बनेपा बजारलाई परिक्रमा गरी कार्यक्रम स्थलमा पुगको थियो । 

कार्यक्रमको उद्घाटन सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गर्नुभएको थियो ।  मन्त्री बस्नेतले उद्योग बाणिज्य र व्यापारको क्षेत्रमा अग्रणी स्थानमा रहेको बनेपालाई प्रदेश नम्बर तीन को राजधानी बनाउन पहल गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा उद्योग राज्य मन्त्री रेशम लामाले बनेपाको पहिचान स्थापना गर्नमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । 

पहिलो दिन प्रताप दासको प्रस्तुति

नेपाल आइडलको पहिलो संस्करणमा फाइनलमा पुग्न सफल गायक प्रताप दासले बनेपा महोत्सवमा पहिलो प्रस्तुति दिएका छन् । उनले बनेपाबासीलाई विभिन्न गीत गाएर नचाएका थिए । कार्यक्रममा प्रताप दास आउने खबर पाएसगैँ उनका प्रशंसकहरुको भिड लागेको थियो ।

 

दासले ‘मोटर साइकलमा’, ‘हे तुल्सी आँगनमा रोपौँला’ र आफ्नै एल्बमको ‘ब्वाई फ्रेण्ड र गर्ल फ्रेण्ड यस्तो हुनुपर्छ’ भन्ने गीत गाएका थिए । कार्यक्रममा दासको नाम उच्चारण गरेसँगै समर्थकहरुले घेरेका थिए । भिडले गर्दा उनलाई मञ्चमा पुग्नसमेत गाह्रो भएको थियो । 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments