Hamro patro Local 03

बातावरण-कृषि

​बस्तीमा आएको गोही नियन्त्रणमा लिएर यसरी नारायणीमा छाडियो

Posted: Wednesday, Sep 13, 2017 17:17 PM ( 1 week ago )

Total Hits: 2.8 K

Share This

नवलपरासी , भदौ २८ – नवलपरासीको कावासोती  नगरपालिका  –७,  साढमा बुधबार बस्तीमा गोही आएपछि उद्धार गरिएको छ  । बस्ती नजिक फेला परेको गोहीलाई उद्धार गरेर नारायणी नदीमा छाडिएको हो ।

मुसहर समुदायले सामुहिक रुपमा माछा पालन गरेको पोखरीमा स्थानीयले  गोही  देखेपछि चितवन राष्ट्रिय निकुञ्ज लौखानी  रेञ्ज पोष्टका रेन्जर सुशील झालाई खबर गरेका थिए । रेन्जर झाको रोहबरमा गोहीलाई  समातेर ट्याक्टरमा राखेर नारायणी नदी छाडिएको लामिचौर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताउनु भयोे ।


 
साढे ९ फिट लम्बाई र ३७ ईन्च चौडाई रहेको घडीयाल पोथी गोही माछा पोखरीमा फेला परेको हो ।

गोहीलाई नियन्त्रणमा लिएर  ट्याक्टरमा राख्ने क्रममा  रेञ्जर  झा र एक जना स्थानीय युवा घाइते भएका छन । उनीहरु दुबैजनालाई खुट्टा र हातमा गोहीले टोकेर घाउ भएको पौडेलले बताउनु भयो  ।

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments