Hamro patro Local 03

बातावरण-कृषि

यस्ता सुन्दर पक्षी कहिल्यै देख्नुभएको थियो ?

Posted: Wednesday, Sep 13, 2017 14:18 PM ( 2 months ago )

Total Hits: 2.9 K

Share This

भदौ २८ – बर्ड फोटोग्राफर अफ् द इयर प्रतियोगिता २०१७ मा चराचुरुङ्गीको जीवनका विभिन्न क्षणहरुलाई फोटोग्राफरहरुले कैद गरेको तस्बिर सहभागी भएका थिए । हेर्नुहोस विभिन्न ठाउँमा पुगेर लिइएका चराका तस्बिर । 

अलेजान्द्रो प्रेटो रोजसले यो तस्बिरका लागि फोटोग्राफर अफ् द इयर अवार्ड हात पारेका थिए । उनले यो तस्बिर मेक्सिकोको रियो लोगार्टोसमा लिएका हुन् । 

मारकस वारेसव्योको यो तस्बिरले बेस्ट पोर्टफोलियो अवार्ड हात पार्यो । 

गेबर केपस यो तस्बिर खिच्दै गर्दा निकै डराएका थिए । यो तस्बिर लिँदै गर्दै फ्याउरो नजिकै थियो । 

चिलीको एक राष्ट्रिय निकुञ्जमा बेल हलले लिएको तस्बिर । 

जेमी हलले यो चिलको तस्बिर विशेष तरिकाले खिच्न चाहन्थे । उनले ४० मिटर परबाट रिमोट कन्ट्रोलको सहायताले यो तस्बिर खिचेका हुन् । 

यो तस्बिर अस्ट्रेलियन फोटोग्राफर ब्रेट कारमेनले खिचेका हुन् । उनका अनुसार चरा पानीमा बस्ने बित्तिकै क्यामेराको सेटिङ बदल्न परेको थियो । 

नर्वेका पल हरमेनसेनले खिचेको पानीमा तैरिरहेको हाँसको तस्बिर । 

यो तस्बिर सिंगापुरको हो । ट्रकको ऐनामा आफैलाई हेर्दै गरेको काठफोरुवा चराको यो तस्बिर केल्भिन दाओले खिचेका हुन् । 

सर्पसँग संघर्ष गर्दै गरेको सारसको यो तस्बिर जोसे ग्रासियाले खिचेका हुन् । 

स्रोत : बिबिसी

 

 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments