Hamro patro Local 03

समाज

​करेन्ट लागेर उम्मेदवारकी श्रीमतीको मृत्यु

Posted: Wednesday, Sep 13, 2017 13:02 PM ( 2 weeks ago )

Total Hits: 1.4 K

Share This

पर्सा, भदौ २८ – वीरगञ्जमा एक महिलाको करेन्ट लागेर ज्यान गएको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ की प्रतिमा सिंह ठकुरीको करेन्ट लागेर ज्यान गएको हो । उहाँ नेकपा एमालेका तर्फबाट ५ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार प्रदीप सिंह ठकुरीको श्रीमती हुनुहुन्थ्यो ।

पानी तान्ने मोटरबाट करेन्ट लिक भएको अवस्थामा धारा चलाउँदा उहाँलाई करेन्ट लागेको हो । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ ।

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments