Hamro patro Local 03

समाज

डोटीका ग्रामीण सडक सञ्चालन नहुँदा समस्या

Posted: Wednesday, Sep 13, 2017 12:43 PM ( 2 weeks ago )

Total Hits: 1.0 K

Share This

डोटी, भदौ २८ – डोटीमा रहेका धेरै जस्तो ग्रामीण सडक सञ्चालन नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन् । डोटीका राजपुर गड्सेरा, बिपिनगर बागछेडा, दिपायल चवरा चौतारा, शान्तिनगर नारी दाङ, कपल्लेकी नापानी लगायतका दर्जनौं ग्रामीण सडक अवरुद्ध भएको महीनौं दिन पुग्दासमेत सञ्चालन नहुँदा स्थानीय बासिन्द समस्यामा परेका हुन् ।

असारको पहिलो हप्तदेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडकहरु सञ्चालन नहुँदा स्थानीय बासिन्दले सामान ढुवानी गर्न भरिया प्रयोग गर्नु परेको छ । 

ग्रामीण सडक सञ्चालन नहुँदा गाडी पुग्ने यहाँका विभिन्न ठाउँमा लामो समयदेखि पैदल यात्रा गर्नु परेको केआईसिंह गाउँपालिकाका स्थानीय दिपक जोशीले बताउनु भयो । जिल्लाका दिपायल मौवा, समुहगाढ कपल्लेकी, राजपुर तिखात्तर, पचनाली धुर्कोट लगायतका ग्रामीण सडकहरु सञ्चालन भए पनि पहीरो राम्रोसँग नपन्छाउँदा ग्रामीण सडकमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्याता रहेको स्थानीय बासिन्दा बताउँछन् । सडक सञ्चालन गर्नमा सरोकारवाला निकायले खासै चासो नदिएका कारण समस्या उत्पन्न भएको स्थानिय बासिन्दाको आरोप छ । 

दसैँै तिहार नजिकिँदै गर्दा पनि डोटी जिल्लाका धेरै जस्तो ग्रामीण सडकहरु सञ्चालन हुन नसक्दा स्थानिय बासिन्दा आक्रोशित छन् । उता डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका डिभिजन प्रमुख रुपकराज भण्डारीले ग्रामीण सडक खोल्ने तथा सुरु गर्ने जिम्मा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘हामीसँग ग्रामीण सडक खोल्ने बजेट छैन, राजमार्ग सुरु गर्ने जिम्मा दिएको छ, राजमार्ग बन्द भए तत्कालै खोल्ने छौँ, गाउँका सडक खोल्ने जिम्मा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको हो ।’

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments