Hamro patro Local 03

मनोरञ्जन

गायक भुवन प्यासीको गीतमा माला लिम्बुको अभिनय (भिडियोसहित)

Posted: Wednesday, Sep 13, 2017 12:19 PM ( 2 weeks ago )

Total Hits: 1.5 K

Share This

काठमाडौं, भदौ २८ – भिन्न शैलीका गीत गाउन रुचाउने गायक हुन् भुवन प्यासी । गायक प्यासीको नयाँ गीत ‘ट्राफिक जाम’को भिडियो उनले यतिबेला सार्वजनिक गरेका छन् । जसमा पछिल्लो समयकी चर्चित मोडल माला लिम्बुको अभिनय रहेको छ । ‘आयान’ एल्बममा समावेश यो गीतमा भुवन र राजेन्द्र बजगाँइको शब्द, राजेन्द्रकै संगीत छ ।

शिव विकले निर्देशन गरेको भिडियोले सांगीतिक बजारमा चलेका गीतहरुको ट्रेन भन्दा केही फरकपना दिने कोशिस गरेको गायक प्यासी बताउँछन् । 

मोडल लिम्बुका माध्यबाट गायक प्यासीले वैशाँलु उमेरका युवतीको सुन्दरताको वर्णन गर्दै उनकै कारण शहरका चोकमा ट्राफिक जाम भएको कुरालाई उठाएका छन् । निशान घिमिरेको सम्पादन रहेको भिडियोलार्इ अर्जुन तिवारीले छायांकन गरेका हुन् ।  

भिडियो हेर्नुहोस्

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments