Hamro patro Local 03

समाज

गीतकार देव बज्राचार्यको निधन

Posted: Wednesday, Sep 13, 2017 06:48 AM ( 2 weeks ago )

Total Hits: 2.1 K

Share This

काठमाडौं, भदौ २८ – गीतकार देव बज्राचार्यको निधन भएको छ । काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा उहाँको बुधबार बिहान निधन भएको हो । 

६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गएको सोमबार अस्पताल भर्ना गरिएको थियो । बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । 

काठमाडौं ओमबहालमा जन्मिएका बज्राचार्यको रचनामा अरुणा लामा, मिरा राणा, मधु क्षेत्री लगायत कलाकारले स्वर तथा संगीत दिनु भएको छ । केही रचनामा भने उहाँ आफैले स्वर दिनु भएको छ । एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, एउटा गीत रचेको छु तिमीले नै गाइदिनु, केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो, किन मलाई यति चाँडै छोडी तिमी गयौ लगायत गीत लोकप्रिय छन् । 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments