Hamro patro Local 03

समाज

प्रहरी नायव महानिरीक्षक सिलवालले दिए राजीनामा (पत्रसहित)

Posted: Tuesday, Sep 12, 2017 20:17 PM ( 2 weeks ago )

Total Hits: 24.0 K

Share This

काठमाडौं, भदौ २७ – प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतको पूर्ण बृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उहाँले राजीनामा दिएको जानकारी गराउनुभएको हो । 

उज्यालो अनलाइनसँग कुरा गर्दैै उहाँले आफू कानूनी लडाइँका लागि सर्वोच्च गएको तर सर्वोच्चले आफ्नो रिट खारेज गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो । 

उहाँले ३० बर्षे कार्यकाल पूरा गर्न केही महिना मात्र बाँकी थियो । प्रहरी महानिरीक्षकको बढुवा र त्यसमा असन्तुष्टी जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि उहाँ बिदामा बस्नुभएको थियो । 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments