Hamro patro Local 03

समाज

बारामा आउँदो ४ गतेसम्म रक्सी खान र बेच्न नपाइने

Posted: Tuesday, Sep 12, 2017 18:53 PM ( 2 weeks ago )

Total Hits: 1.3 K

Share This

बारा, भदौ २७ – तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बारामा मंगलबारदेखि रक्सी खान र बिक्री वितरण गर्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले असोज ४ गतेसम्म रक्सीका साथै मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी गराउनु भयो ।

इजाजत पत्र लिएका पसल, होटल, रेष्टुरेन्ट समेतमा रक्सी बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ । 

यस्तै तीनवटै सुरक्षा निकायका प्रमुखहरुले मंगलबार बाराको कलैया पुगेर सुरक्षा अवस्था बारे जानकारी लिनु भएको छ । बिहान नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंह बहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीले कलैया पुगेर बाराको सुरक्षा अवस्थाबारे जानकारी लिनु भएको हो । 

चुनावका लागि गरिएको सुरक्षाको तयारीबारे स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनु भयो । सुरक्षा चुनौती र समस्या बारेसमेत सुरक्षा निकाय प्रमुखहरूले जानकारी लिनु भएको हो । निरीक्षणका क्रममा अपराध नियन्त्रण गर्न र निष्पक्ष निर्वाचन गराउन प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिनु भएको प्रहरी उपरीक्षक वैदवारले जानकारी गराउनु भयो ।

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments