Hamro patro Local 03

समाज

नवराज सिलवालको रिट निवेदन सर्वाेच्चद्वारा खारेज

Posted: Tuesday, Sep 12, 2017 18:22 PM ( 2 weeks ago )

Total Hits: 2.7 K

Share This

काठमाडौं, भदौ २७ – सर्वाेच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेको छ । प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो ।

बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत जानुभएको थियो ।

अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १ सय ५४ दशमलव ४ र सिलवालको १ सय ५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथि मंगलबार फैसला भएको हो । 

तत्कालीन प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट दायर गर्नुभएको थियो । 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments