Hamro patro Local 03

समाज

नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

Posted: Tuesday, Sep 12, 2017 17:40 PM ( 2 weeks ago )

Total Hits: 1.3 K

Share This

 

मेलम्ची, भदौ २७ – जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट ४९ वर्षीय कुमार पाण्डेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मेलम्ची नगरपालिका–११ स्थायी घर भएका उनी साविक मेलम्ची गाविसका पूर्व उपाध्यक्ष समेत हुन् । 

जिल्ला अदालत चौताराले २०६४ वैशाख १३ गते कीर्ते नागरिकता बनाएको अभियोगमा ११ महिना कैद सजाय र एक हजार रुपैयाँ जरिवाना र २०६४ साल माघ १५ गते सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा एक वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकेको थियो । दुबै अपराधमा गरी उनले कूल एक वर्ष ११ महिना कैद सजाय र एक हजार ५० रुपैयाँ जरिवाना भर्नुपर्ने इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । पाण्डेलाई मंगलबार नै जिल्ला अदालत चौतारामा उपस्थित गराइएको हो । रासस 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments