Hamro patro Local 03

समाज

​शिक्षाबाट बञ्चित बिपन्न समुदायका बालबालिकालाई नगरपालिकाको निःशुल्क बस

Posted: Tuesday, Sep 12, 2017 17:25 PM ( 2 weeks ago )

Total Hits: 1.7 K

Share This

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, भदौ २७ – नवलपरासीको देवचुली नगरपालिकाले बिपन्न समुदायका विद्यालय जाने बालबालिकाको लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।नगरपालिकाले २ नम्बर वडा पुर्नवास टोलका अतिविपन्न माझि, मुसहर, बोटे समुदायमा बसोबास गरेर विद्यालय जाने बालबालिकाहरुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

 

माझी, मुसरहर, बोटे समुदाय रहेको यस सुकुम्बासी बस्तीमा आर्थिक अभावका कारण अभिभावकले बालबालिकालाई आफै विद्यालय पठाउन सक्ने अवस्था नभएपछि नगरपालिकाले निःशुल्क बस सञ्चालन गरेकोे देवचुली नगरपालिकाका कार्यकारी अधिकृत मान बहादुर खड्काले बताउनु भयो । विद्यालयको पहुँचभन्दा टाढा रहेका माझि, मुसहर, बोटे समुदायका बालबालिकाको लागि निःशुल्क बस सेवा सञ्चालन गरेसँगै यस समुदायका धेरैजसो बालबालिका विद्यालय जान थालेका छन् ।

बस सञ्चालन गर्नु पूर्व पुर्नवासटोलबाट १५÷१६ जनाको संख्यामा बालबालिका विद्यालय जाने र त्यो पनि नियमित नहुने गरेकोमा अहिले ४० जना बालबालिका विद्यालय आउने गरेको नव जागरण आधारभुत विद्यालयका व्यवस्थापन समतिका अध्यक्ष सुवास ओझाले जानकारी दिनुभयो । नजिक कुनै स्कुल नभएका कारणले आधारभुत तहको शिक्षाबाट नै बञ्चित हुने अवस्था भएपछि नगरपालिकाले बसको व्यवस्था गरेको हो ।

 

बालमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत देवचुली नगरपालिकाले बिपन्न समुदाय रहेको यस क्षेत्रका बालबालिकाको लागि निःशुल्क बस सेवा सञ्चानल गरेको हो । देवचुली नगरपालिका बालमैत्री नगरपालिका घोषणको अन्तिम तयारीमा रहेको छ ।

नगरपालिकाले पुर्नवासटोलको सुकुम्बासी बस्तीमा सर्भे गर्दा स्कूल टाढा भएकै कारणले गर्दा धेरै बालवालिका स्कूल नगएको देखिए पछि भर्ना दर बढाउन र विद्यालको पहुँचभन्दा टाढा कुनै पनि बालबालिका नहुन भन्ने उदेश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको देवचुली नगरपालिकाका बालमैत्रि परामर्शदाता खिमानन्द भुषालले बताउनु भयो । 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments