Hamro patro Local 03

समाज

डडेल्धुराको कारिगाउँमा होमस्टे सञ्चालन गरिने

Posted: Tuesday, Sep 12, 2017 16:33 PM ( 2 weeks ago )

Total Hits: 1.0 K

Share This

डडेल्धुरा, भदौ २७ – डडेल्धुराको अमरगढी नगरपालिकामा होमस्टे सञ्चालन गरिने भएको छ । अमरगढी नगरपालिकाको वडा नम्बर २ कारिगाउँमा होमस्टे सञ्चालन गरिने नगरप्रमुख बिश्वेश्वरप्रशाद ओझाले बताउनु भयो ।

पोखराको कालावाङ्ग होमस्टेको अध्ययन गरेपछि कारिगाउँमा होमस्टेको सम्भावना देखेपछि तत्कालै होमस्टे सञ्चालन गर्न लागिएको प्रमुख ओझाले बताउनुभयो ।

शहीद भिमदत्त पन्तको जन्मथलो कारीगाउँलाई आदर्श गाउँको रुपमा विकास गर्न र त्यस क्षेत्रमा रहेका उग्रतारा मन्दीर, ऐतिहासिक अमरगढी किल्ला लगायतका पर्यटकीय क्षेत्रको पर्यटन प्रर्वदनका लागि होमस्टे सञ्चालन गरिन लागेको उहाँले जानकारी दिनुभयो ।

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments