Hamro patro Local 03

समाज

नवराज सिलवालको मुद्दाको फैसला आज हुँदै

Posted: Tuesday, Sep 12, 2017 12:13 PM ( 2 weeks ago )

Total Hits: 2.4 K

Share This

काठमाडौं, भदौ २७ – प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथि आज मंगलबार फैसला हुँदैछ । प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले दायर रिटमाथिको बहस भदौ १५ गते सकेको थियो । आज मंगलबार फैलसा हुने सर्वोच्चले जनाएको छ । 

तत्कालीन प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट दायर गर्नुभएको थियो । अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो ।

अर्याल महानिरीक्षकमा नियुक्त भएपछि पनि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफू अघि रहेको भन्दै रिट दायर गर्नुभएको थियो ।

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments