Hamro patro Local 03

समाज

गुल्मीको रुरुमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

Posted: Tuesday, Sep 12, 2017 12:09 PM ( 2 weeks ago )

Total Hits: 1.7 K

Share This

गुल्मी, भदौ २७ – गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सदरमुकाम तम्घासबाट रिडीका लागि छुटेको ना १७ प २४८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुरु गाउँपालिका–३ का २३ वर्षका राजु सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदिले जानकारी दिनुभयो ।

तीब्र गतीका कारण अनियन्त्रित भई मोटरसाइकल सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुघटनामा रुरु गाउँपालिका–३ का ईश्वरी रावत घाइते भएका छन् । 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments