Hamro patro Local 03

समाज

धादिङमा बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु

Posted: Tuesday, Sep 12, 2017 11:49 AM ( 2 weeks ago )

Total Hits: 1.9 K

Share This

धादिङ, भदौ २७ – धादिङमा मंगलबार बिहान भएको बस दुर्घटनामा दुईजनाको ज्यान गएको छ । नवलपरासीको प्रतापुर गाउँपालिका–५ की ६२ वर्षकी रमा शंकर सिंहको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

नवलपरासीकै ६० वर्षका बच्चा रावलको भने उपचारका क्रममा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा लु २ ख ६६३० नम्बरको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका थिए । घाइते मध्ये ६ जनाको स्टार हस्पिटल र दुईजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments