Hamro patro Local 03

विज्ञान प्रविधि

दसैँपछि नेपाली बजारमा सामसुङ ग्यालेक्सी नोट एट, यस्तो छ विशेषता, मूल्य कति ?

Posted: Monday, Sep 11, 2017 17:25 PM ( 2 weeks ago )

Total Hits: 17.9 K

Share This

काठमाडौं,  भदौ २६ – सामसुङले नयाँ स्मार्ट फोन ‘ग्यालेक्सी नोट एट’ सार्वजनिक गरेको छ । नोट सेभेनको ब्याट्रिमा देखिएको समस्याका कारण गएको वर्ष समस्या भोगेको सामसुङले त्यसमा केही परिवर्तन गरे नयाँ फोन ल्याएको हो । नयाँ फोन केही समयअघि सार्वजनिक भएको सामसुङ एस एट र एस एट प्लस भन्दा ठूलो स्क्रिनका साथ आएको छ । 

सामसुङ ग्यालेक्सी नोट एट आधारभूत विशेषता 

  • ६.३ इन्चको स्क्रिन (सामसुङ एस एट प्लमा ६.२ इन्चको स्क्रिन छ)
  • २९६० गुणा १४४० सुपर एमोलिड डिस्प्ले
  • स्न्याप ड्रयागन ८३५ प्रोसेसर
  • ६ जिबीको र्‍याम (यसअघि चार जिबीको र्‍याम)
  • ६४ जिबीको इन्टरनल मेमोरी (एसडी कार्ड राखेर एक्पाण्ड गर्न सकिने)
  • ३३०० एमएच ब्याट्री (निकाल्न मिल्दैन) 
  • युएसबी चार्ज (वायरलेस चार्जर पनि)
  • सिनेम्याटिक डिस्प्ले

एस पेन 

  • स्केच बनउ सकिने, रिमाइन्डर, नोट राख्न सकिने
  • वाटर रेसिस्ट्यान्ट
  • एस पेनकै थ्रु स्क्रिन सट लिन सकिने

क्यामरा

  • १२ मेगापिक्सलको डुयल क्यामरा
  • दुई पटकसम्म अप्टिकल जुम गर्न सकिने
  • कम प्रकाश भएको ठाउँमा पनि राम्रो तस्बिर लिन सकिने 
  • फोकस फोटो लिन सकिने 
  • पोट्रेट फोटोका लागि उपयुक्त 
  • चलायमान बस्तुको पनि तस्बिर राम्रो लिन सकिने 

विश्लेषक के भन्छन् ?

यसअघि सामसुङको ग्यालेक्सी एस एट वा नोट सेभेन नलिएका लागि सामसुङ ग्यालेक्सी नोट एट राम्रो रहेको तर एस एट प्लस वा नोट सेभेन बोकेकालाई यो नयाँ नरहेको विश्लेषकले बताएका छन् । स्क्रिन, र्‍याम र एस पेन बाहेर सबै फिचर पुरानै फोनको रहेको उनीहरुले बताएका छन् । 

यस्तै स्क्रिनको तुलनामा ब्याट्रीको क्षमता कम रहेको विश्लेषण पनि गरिएको छ । एस एट प्लसमा ३५०० एमएचको ब्याट्री रहेपनि नोट एट मा ३३०० एमएचको ब्याट्री छ । यो फोन विश्व बजारमा सेप्टेम्बर १५ देखि उपलब्ध हुनेछ । 

नेपालमा कहिले आउँछ ? 

विश्व बजारमा १५ सेप्टेम्बर (भदौ ३० गते) देखि उपलब्ध भए पनि नेपालमा भने सामसुङ ग्यालेक्सी नोट एट दसैँ अघि नआउने भएको छ । नेपालका लागि सामसुङ मोवाइलको आधिकारिक बिक्रेता आइएमएफ प्रालिका दिपक मल्होत्राले दसैँ अघि नै ल्याउने प्रयास गरिएको तर प्राविधिक कारणले सम्भव नभएको बताउनुभयो । तर दसैँअघि नै बुकिङ खुल्ला गरिने र दसैँ लगतै डेलिभरी सुरु हुने उहाँले बताउनुभयो । 

विश्व बजारमा एक हजार अमेरिकी डलर मूल्य रहेको सामसुङ नोट एट नेपालमा एक लाखदेखि एकलाख पाँच हजार रुपैयाँसम्ममा किन्न सकिने छ । विश्व बजारमा भन्दा नेपालमा केही सस्तो पर्ने मल्होत्राले बताउनुभयो । नेपालमा भन्सार छुट भएका कारण केही सस्तो पर्ने उहाँले बताउनुभयो । 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments