Hamro patro Local 03

यो पनि समाचार

​यसरी खेलियो टमाटरले होली, १६५ टन टमाटर सडकमा

Posted: Friday, Sep 01, 2017 12:41 PM ( 3 weeks ago )

Total Hits: 3.0 K

Share This

भदौ १६ – स्पेनको बुनोल शहरमा टमाटरको होली खेलिएको छ । स्पेनिसमा यसलाई ‘ला टोमेटिना फेस्टिभल’ भनेर चिनिन्छ । 

यो फेस्टिभलमा एक अर्कालाई टमाटरले हानिन्छ । तर हान्नुभन्दा पहिला टमाटरलाई थिच्नु अनिवार्य हुन्छ । आउनुहोस् यस वर्षको टोमेटिना फेस्टिभलका केही तस्बिरको मज्जा लिऔँ ।

 

यो फेस्टिभलको सुरुवात सन् १९४५ मा भएको थियो । यो फेस्टिभल अगस्टको अन्तिम बुधबार मनाइने गरिन्छ । यो वर्ष ७२ औं टोमेटिना फेस्टिभल मनाइएको हो ।

 

यो फेस्टिभलमा सहभागी हुन देश–विदेशबाट हजारौं आउने गर्दछन् । यस वर्षको फेस्टिभलमा विभिन्न देशबाट झण्डै २२ हजार मानिसले सहभागिता जनाएका थिए ।

 

टमाटरको यो होली एक घण्टासम्म चल्दछ । समय सकिएपछि टमाटरले हानिँदैन । सबै पानीको फोहोरामा नुहाउन थाल्छन् । यस वर्षको फेस्टिभलमा १ सय ६५ टन टमाटर प्रयोग भएको थियो ।

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments