Hamro patro Local 03

यो पनि समाचार

सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर

Posted: Wednesday, Aug 30, 2017 15:22 PM ( 3 months ago )

Total Hits: 10.2 K

Share This

भदौ १४ – कश्मीरमा भारत–पाकिस्तान विवाद तथा चरमपन्थी र सुरक्षाकर्मीबीचको भिडन्तका घटना प्राय हुने गरेका छन् । यसको मर्कामा सबैभन्दा बढी कश्मीरका बालबालिका परेका छन् । केही दिनदेखि सामाजिक सञ्जालमा यो विषयमा चर्चा भइरहेको छ । कारण हो, एक बालिकाको मार्मिक तस्बिर ।

जम्मु–कश्मीर प्रहरीले दुई दिन पहिले आफ्नो ट्वीटर ह्याण्डलमा एक बालिकाको तस्बिर पोस्ट गरेको थियो । यो तस्बिर हो, अंनतनागमा चरमपन्थी आक्रमणमा ज्यान गुमाएका एएसआइ राशिदकी पाँच वर्षकी छोरी जोहराको । तस्बिरमा जोहरा रुँदै गरेको देखिन्छ ।

उनको अनुहार आँसुले भिजेको छ भने आँखामा पीडा छ । जम्मु–कश्मीर प्रहरीले आफ्नो ट्वीटर ह्याण्डलमा ‘शहीद एएसआई राशिदको श्रद्धाञ्जली समारोहमा रुँदै गरेका बालबालिका । यसमा उहाँकी पाँच वर्षकी छोरी पनि छिन् ।’ भन्ने क्याप्सन लेखेर तस्बिर पोस्ट गरेको थियो ।

यो तस्बिरलाई २३ सय भन्दा बढीले रिट्वीट गरेका छन् । उनीहरुले जोहराप्रति सहानुभुति प्रकट गरेका छन् । धेरैले हिंसाको विरोध गरेका छन् । 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments