Hamro patro

समाचार

  • कला

    पीडा बिर्सेर प्रहरीको सांगीतिक अभियानमा छमछमी नाचे भूकम्प पीडित पीडा बिर्सेर प्रहरीको सांगीतिक अभियानमा छमछमी नाचे भूकम्प पीडित

    रमेश गिरी/उज्यालो । भक्तपुर, जेठ १४ – ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, जुनकिरी झै ज्योति बाली अन्धकारमा चम्कन्छ.........’ प्रहरी टोलीले गाएको यो गीत सुन्दा भक्तपुरको जगाते स्थित महेश्वरी शिविरमा आश्रय लिएर बसेका भूकम्प पीडित पीडा भुल्दै छमछमी नाच्न थाले ।

  • समाज

    पूर्वाञ्चलमा पाठ्यपुस्तकको अभाव

    सुमन तिमल्सिना/उज्यालो । विराटनगर, जेठ १३ – चैतमै छापेर बाँडिसक्नुपर्ने पुस्तक अझै नछापिँदा विद्यार्थीलाई समस्या भएको छ । जनक शिक्षा सामाग्री केन्द्र पूर्वाञ्चल क्षेत्रीय प्रमुख चन्द्रलाल भोमीले पुस्तक छापिन ढिलाई भएकाले विद्यालयमा समयमै पुर्‍याउन नसकिएको बताउनुभयो ।

  • समाज

    कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    ललितपुर, जेठ १३ – ललितपुरको बाग्डोलमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । बा ६२ प ५८ ४३ नम्बरको मोटरसाइकल बा १ ज १० ९९ नम्बरको कारसँग ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • विज्ञान प्रविधि

    गुगललाई उछिन्यो एप्पलले गुगललाई उछिन्यो एप्पलले

    जेठ १३ – गुगललाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । विश्वका एक सय मूल्यवान ब्राण्ड मध्ये एप्पल पहिलो स्थानमा उक्लिएको छ ।

  • राजनीति

    अस्थायी आवासका लागि ५० हजार दिन संसदीय समितिको निर्देशन

    काठमाडौं, जेठ १३ – व्यवस्थापिका संसदको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन समितिले भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार राहत रकम दिन सरकारलाई निर्देशन दिएको छ ।

  • राजनीति

    सरकार उद्धार सकेर राहतको चरणमा : मन्त्री खड्का

    गुल्मी, जेठ १३ – शहरी विकास मन्त्री डा.नारायण खड्काले विपद व्यवस्थापनका चरण अन्तर्गत पहिलो चरणको उद्धार कार्य सम्पन्न भएकाले सरकार अब राहतको वितरण चरणमा रहेको बताउनुभएको छ ।

  • विज्ञान प्रविधि

    विश्वको आधा जनसंख्यामा इन्टरनेटको पहुँच विश्वको आधा जनसंख्यामा इन्टरनेटको पहुँच

    जेठ १३ – विश्वको झण्डै आधा जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । अमेरिकाको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन आइटियुको एक रिपोर्टका अनुसार अहिलेसम्म विश्वका ३ अर्ब २० करोड मानिसमा इन्टरनेटको पहुँच पुगेको छ । अहिले विश्वको जनसंख्या ७ अर्ब २० करोड छ ।

View more

मेरो पनि भन्नु छ

View more

देश परदेश

  • कतारमा कार्यरत नेपाली तथा अन्य संघ संस्थाद्वारा एक अर्ब भन्दा बढीको सहयोग कतारमा कार्यरत नेपाली तथा अन्य संघ संस्थाद्वारा एक अर्ब भन्दा बढीको सहयोग

    दिपक पुडासैनी/दोहा । जेठ ८ – वैशाख १२ र २९ गते नेपालमा गएको बिनासकारी भूकम्पको पीडामा कतारबाट मल्हम लगाउने प्रयास चलिरहेको छ । आफ्नो मुलकमा झण्डै ९ हजार जनाको ज्यान लिएको तथा लाखौंलाई बेघर बनाएर गएको विपत्तिमा यहाँ श्रमरत नेपालीले यथासक्दो राहत संकलन गरी पठाउन दिनरात नभनी लागिपरेका छन् ।

  • राहत संकलनका लागि दुबईमा नेपथ्यको लाइभ कन्सर्ट राहत संकलनका लागि दुबईमा नेपथ्यको लाइभ कन्सर्ट

    उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ ६ -भूकम्प पीडितका लागि राहत संकलन गर्ने उद्देश्यले सांगीतिक समुह नेपथ्यले दुबईमा कार्यक्रम गर्ने भएको छ । दुबईमा बस्दै आएका जस पाइजा र राजन अधिकारीको सहयोगमा नेपथ्यले दुबईमा पहिलो पटक कार्यक्रम गर्न लागेको हो ।

View more news

Downlod Programmes

View more programmes