Hamro patro Local 03

देश परदेश

एनआरएन युएईको अध्यक्षमा श्रेष्ठ र सुवेदीको उम्मेदवारी

Posted: Wednesday, Sep 13, 2017 17:52 PM ( 1 week ago )

Total Hits: 1.3 K

Share This

उमाकान्त पाण्डे/उज्यालो । 

भदौ २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्यक्षका लागि रमेश श्रेष्ठ र सालिक सुवेदीको उम्मेदवारी परेको छ । श्रेष्ठ वर्तमान कार्य समितिका उपाध्यक्ष र सुवेदी सल्लाहकार हुन् । 

शुक्रबार हुने सातौं अधिवेशन अन्तर्गत हुने चुनावमा २१ पदका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठ र सुवेदी प्लानलनै बनाएका छन् । तीन जना उपाध्यक्षमा नेत्रप्रसाद शर्मा, बालकृष्ण मरासिनी, निर्मलकुमार पोखरेल र नरबहादुर सेनको उम्मेदवारी परेको छ । महासचिवमा कृष्ण पौड्याल र निश्चल दाहालले प्रतिस्पर्धा गर्ने भएका छन् । 

कोषाध्यक्षमा राजु केसी र बालकृष्ण अधिकारी, सचिवमा मिलबहादुर गुरुङ (मिलन) र राजेश बोहोराको उम्मेदवारी परेको छ । महिला सञ्जाल प्रतिनिधिमा मोतीकुमारी राई र युवा सञ्जाल प्रतिनिधिमा नबिन पौडेल सर्वसम्मत हुनुभएको छ  । 

त्यस्तै सदस्यमा बिदुर न्यौपाने, सुदिप खराल, मोहम्मद समिम, दिनेश पराजुली, ओमप्रसाद उप्रेती, शमसेर योन्जन, राजन खतिवडा, धर्मेन्द्र गोहिबार, जीवन दास, केशव शर्मा नेपाल, बिष्णुहरी बगाले, लक्षमण काफ्ले, दुर्गाप्रसाद काफ्ले, तोरण सुवेदी, टंकबहादुर गुरुङ, नगेन्द्र प्रसाईं, असार तामाङ र सागर लुँइटेल गरी १८ जनाको उमेदवारी परेको छ । 

एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) सदस्यमा चित्रबहादुर केसी, ठाकुरप्रसाद ढुंगाना र नेत्र थनेतको उम्मेदवारी परेको छ । दुबइ, सारजाह, अलऐन, अजमान, फुजेराह र रसअलखेमामा नयाँ समिति निर्माण भएको छ । आबुधाबीमा पनि अध्यक्ष बाहेक अन्य पदाधिकारीको टुङगो लागेको छ । उम्मलक्वीनमा भने अहिलेसम्म क्षेत्रीय समिति बनेको छैन ।   

अधिवेशनका लागि पत्रकार महासंघ युएई शाखाका उपाध्यक्ष लक्ष्मण खनालको संयोजकत्वमा निर्वाचन समिति बनाइएको छ । एनआरएनए युएईको विधान २०१३ अनुसार वर्तमान कार्यसमिति, सल्लाहकार र निर्वाचित पार्षद् गरी २८७ जना पार्षद्ले मतदान गरी नयाँ कार्यसमिति चुन्ने व्यवस्था छ ।

१ हजार पञ्जिकृत सदस्य बराबर एक जना आइसिसी सदस्य हुनेछ । युएईमा दुई हजार ५४० पञ्जिकृत सदस्य भएकोले यहाँबाट २ जना आइसिसी छानिने छन् । 
चुनाव अघिसम्म सहमतिको प्रयास भइरहेको र सहमति नभए चुनाव हुने निर्वाचन समितिले जनाएको छ । 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments