Hamro patro Local 03

देश परदेश

बुधबार विदेशी मुद्राको सटही दर

Posted: Wednesday, Sep 13, 2017 10:56 AM ( 2 months ago )

Total Hits: 2.3 K

Share This

काठमाडौं, भदौ २८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २८ पैसा र विक्रिदर २४ रुपैयाँ ४२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०५ पैसा र विक्रिदर ९ रुपैयाँ १० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ९६ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ९६ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ८८ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments